काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी बारे कुरा गर्न सुझाव दिएका छन् ।
अध्यक्ष ओलीले सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै भारत भ्रमणको क्रममा काँतर र चिसो नगर्न सुझाव दिए।
संसदमा उनले भने, ‘यो सरकारबाट मातृभूमिको प्रतिरक्षा गर्न कठिन छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैनरु यो सरकारलाई थाहा भएको पनि देखिँदैन।’
प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन नसकेको औल्याए। प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा आफूलाई परेको मर्का राख्न र खुलस्त कुरा गर्न सुझाव दिए।
उनले भने, ‘छिमेकी देशसँग चिसोपन राख्नुभएन। काँतर मन राख्न पनि भएन। काँतर मन, चिसो मन। भन्न नसक्ने चिसो लिइरहने। कुरा गर्न नसक्ने आफ्ना इस्यू राख्न नसक्ने, अनि बोल्न नसक्ने हुनु भएन।’
प्रतिक्रिया लेख्नुहोस्:-