काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदा देशको इज्जतमा दाग लागेको टिप्पणी गरेका छन् ।
शाहले सोमबार धनगढीमा नागरिक अभिनन्दन समारोहमा भने, ‘नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन् रु त्यसबाट हाम्रो इज्जत र गौरव सबै लोप भएर गएको छ ।’
देशभित्रै बसौं भन्ने भावना हराउँदै गएको भन्दै उनले साधे, ‘के नयाँ नेपाल भनेको यही हो ? के नेपालको आफ्नो अस्तित्व छैन ?’ नेपालीहरूको श्रम र सीप खोसिँदै गएको उल्लेख गर्दै उनले भने, ‘यस्तो देख्दा हाम्रो आँखा रसाउँदै गएका छन् ।’
प्रतिक्रिया लेख्नुहोस्:-