काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पीडितले भोग्नुपरेका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले सोमबार बिहान बालुवाटारमा कञ्चनपुरका जनप्रतिनिधिसहित आरक्ष पीडितहरूसँगको भेटमा प्रधानमन्त्री जग्गा र क्षतिपूर्ति दिएर यथाशक्य चाँडो पुनर्स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री भेट्न परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ बाट निर्वाचित सांसद एनपी साउदको नेतृत्वमा सांसदहरु तारालामा तामाङ, प्रदेश सांसद ओमविक्रम भाट र आरक्ष पीडित संघर्ष समितिका पदाधिकारी तथा पीडितहरु बालुवाटार पुगेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-