काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे धेरै चिन्ता नलिन आग्रह गरेका ।
मंगलबार आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँणको विषयमा चिन्ता नगर्न सुझाव दिएका छन्
‘तपाईहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन,’ देउवा निवासबाट फर्केका एक नेताले उनको भनाइ उधृत गर्दै उनले भने, ‘विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र ?’
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका खाँणविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी, राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-