काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई २ दिनसम्म हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहन्यायाधिवक्ता अचुतमणि नेउपानेले भोलि नै अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको बताए ।
‘हामीले हिजोबाट अध्ययन सुरु गरेका थियौँ, आज अध्ययन सकेर अभियोजन तयार पार्न सुरु गरेका छौँ,’ उनले भने ।
मुद्दामा सहन्यायाधिवक्ता नेउपानेसहितको आठजनाको टिमले अध्ययनसहित भियोजनको प्रक्रिया अगाडि बढाइरहेको छ । प्रहरीको प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-