काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएको छ ।
आज आइजीपीको सचिवालयका प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइँदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी आइजीपीलाई विवादमा तान्नु निन्दनीय रहेको जनाएको छ ।
‘काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) वसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको मुद्दाका आरोपितहरूसँग सम्पर्क रहेको, पूर्वगृहमन्त्रीलाई जोगाउन प्रयास गरेको लगायतका काम गरेको भन्दै समाचार सम्प्रेषण गरेको पाइयो’ विज्ञप्तिमा लेखिएको छ, ‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’
प्रतिक्रिया लेख्नुहोस्:-