काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरूमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको परीक्षा भएको भन्दै उनले सरकारले नाम मुछिएका जोसुकै माथि पनि अनुसन्धान गर्नुपर्ने दोहोर्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-