अमेरिका । कर्णालीको रुकुम पश्चिममा अन्तरजातिय प्रेम सम्बन्धमा व्यक्तिको हत्या भएको घटनालाई जनसम्पर्क समिति अमेरिकाले निन्दनिय भनेको छ । समितिका महासचिव मुनिन्द्र नेम्बाङ सोमवार विज्ञप्ति जारी गर्दै घटनाको भत्सना गरेका छन् ।
रुकुमा आफ्नी प्रेमी लिन पुगेका युवालाई ‘कथित’ दलितले उपल्लो जातकि युवती भगाउन लागेको भन्दै गाउले आक्रमण गर्दा दुई युवाको निधन भएको थियो भने चार जना व्यपत्ता छन् ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट शनिबार राति जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको थियो । मृतक नवराज विक र सोतीकी सुष्मा मल्लबीच लामो समयदेखि प्रेम सम्वन्ध भएको बताइन्छ । समाचारहरुमा जनाइए अनुसार उनीहरुको प्रेमलाई विवाहमा परिणत हुन नदिने आफन्तले चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएका थिए । उजुरी दिएपछि दुवै समूहबीच छलफल भएको थियो ।
प्रेमीका सुष्माकै आग्रहमा उनलाई भगाउन नवराजले १९ जना साथि लिएर केटीको गाँउ पुगेका थिए । सोही समय गाँउले युवा समुह माथि आक्रमणमा उत्रिएको हो ।
जनसम्पर्कका महासचिव नेम्वाङ्गले दोषिलाई कारवाही र वेपत्ताको खोजिको माग गरेका छन् ।
नेम्वाङ्गद्वारा जारी विज्ञप्ति
विज्ञप्ति
कर्णाली प्रदेश रूकुम पश्चिममा अन्तरजातिय प्रेम सम्बन्धलाई, अन्तरजातिय विवाह गर्न खोज्दा सांघातिक हमलाबाट नवराज विश्वकर्माको निधन भएको र केही व्यक्तिहरू वेपता तथा घाईते भएको घटनाको घोर भत्सर्ना गर्दछु । २१ औं शताब्दीको विकसित समाजमा दलित समुदायले आन्तरजातिय प्रेम विवाह गर्न खोज्दा यस प्रकृतिको ज्यान गुमाउने घटना घट्नु निन्दनीय छ । यस घटनामा संलग्नलाई नेपालको संविधान र कानुन बमोजिम सजाय गरी पीडितलाई न्याय, क्षतिपुर्ति र सामाजिक सुरक्षाको ब्यवस्था गर्न सरकारसंग जोडदार माग गर्दछु । यो दु:खद घटनामा ज्यान गुमाएकाहरू प्रति श्रद्धान्जली अर्पण गर्दै, वेपता भएकाको तत्काल खोजि गर्न सरकारसंग जोडदार माग राख्दछु । साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
अहिले कर्णाली प्रदेश लगायत मुलकको विभिन्न स्थानमा दलित विरुद्धको हिंसात्मक घटनाहरू भइरहेका छन् । यस्तो घटनाको खुलेर बिरोध गरौं । जातीय विभेदको अन्त्य गरौं । २१औं शताब्दीको विकसित नवयुगमा, जातीय विभेद मुक्त समाज निर्माणको लागि तपाइ हामी सबै जाति एकसाथ उठौं, एकसाथ जुटौं ।
धन्यवाद जय नेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका
प्रतिक्रिया लेख्नुहोस्:-