काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले आजको प्रतिनिधिसभाको बैठकमा तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेपछि एमालेले संसद अबरोध गरेकाले प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित भएको छ ।
शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठकदिउँसो ३ बजेका लागि तय गरिएको थियो। त्यसपछि बेलुकी ६ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा सूचना टाँस गरि स्थगित भएको हो।
उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-