काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक संसद्ले पारित गरेर पठाएको नागरिकता ऐन संशोसधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए ।
उनले मन्त्रिपरिषद्को निर्णयले वर्तमान राष्ट्रपतिलाई आधार प्रदान गरेको पनि बताए ।
यसअघि नै विधेयक प्रमाणीकरण गर्न सत्तारूढ दलका नेताहरूले राष्ट्रपति पौडेलसँग परामर्श गरेका थिए । त्यसबारे आफू पनि कानुनी रूपमा प्रस्ट हुने बताएका पौडेलले कानुनविद्हरूसँग छलफल गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-