काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमलाई स्वीकार र समर्थन गर्ने बताएका छन् ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजको प्रतिनिधिसभा बैठकमा छलफलमा भाग लिँदै उनले कार्यक्रमले राष्ट्र र राष्ट्रिय हितको संरक्षण गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने लक्ष्य लिएको बताए ।
‘यसले अहिलेको संवैधानिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र परिवेशलाई मूल्याङ्कन गरेको छ । हामीले राष्ट्रिय हितको जगेर्ना गर्दै समृद्ध र न्यायपूर्ण नेपाल बनाउँछौँ भन्ने गन्तव्य नीति कार्यक्रमले देखाएको छ,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-