काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीतामिठा मनोभावना भुलेर संकट समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन्।
उनले शनिबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्थागत भ्रष्टाचारदेखि आर्थिक संकटको सामना गर्न एकजुट हुनुपर्ने बताए।
उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षका आआफ्ना भूमिका छ। तर राष्ट्रिय समस्या समाधान गर्नका एक ठाउँमा उभिन आवश्यक छ। हामीले समझदारी र सहमति गर्नु आवश्यक छ। केही तीतामिठा मनोभावना छन्। तर, राष्ट्र र जनताको हितमा काम गर्नका लागि एक ठाउँमा उभिनुपर्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-