काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा स्वस्थ्य आलोचना आवश्यक रहेको बताएका छन्। सभापति देउवाले शनिबार प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
‘आलोचना गर्नुस्, ‘कांग्रेसलाई आलोचना चाहिन्छ। तर, स्वस्थ आलोचना गर्नुस्,’ उनले भने। फरक प्रसंगमा देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको प्रस्ट पारे।
प्रतिक्रिया लेख्नुहोस्:-