काठमाडौं । यस वर्षको कोरियन भाषा परीक्षा (ईपीएस) जेठ १९ गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ ।
कोरियन भाषा परीक्षामा उत्तीर्णमध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ कम्पनीहरूमा गरी ९ हजार ५ सय १३ नेपालीहरूलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो ।
वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरिया जान ४३ हजारभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-