काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले साहस र संकल्पले असम्भव कुरा पनि सम्भव हुने बताएका छन् ।
अध्यक्ष ओलीले आइतबार ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित अपाङ्गता भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान कार्यक्रममा यस्तो बताएका हुन् । अध्यक्ष ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए।
उनले बुढामगरको सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे। ‘हरि बुढामगरको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ। मानिसले साहस र सङ्कल्प गरे असम्भव देखिएका चिज पनि सम्भव हुन्छन’, उनले भने, ‘उहाँ अपाङ्गता भएर यताउता हिँड्न नसक्ने हुनुहुन्छ। तर सगरमाथा चढेर आउनुभयो।’
प्रतिक्रिया लेख्नुहोस्:-