काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको कारणले प्रणालीलाई दोषका दिन नहुने बताएकी छन् ।
मन्त्री शर्माले आइतबार सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई लिएर सिंगो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोप्रति असहमति जनाउँदै त्यस्तो गर्न नहुने बताइन् ।
सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानूनअनुसार कारबाही गर्ने प्रावधान पनि गणतन्त्रमा रहेको उल्लेख गर्दै उनले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँमा उभिनुपर्ने बताइन् । गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै उनले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-