काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने गरी मुलुकमा आर्थिक नीति तर्जुमा गरिने बताएका छन् । मन्त्री महतले आइतबार संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘आम उपभोक्ता तथा निजी क्षेत्रको आत्म विश्वासलाई अभिवृद्धि गरी आर्थिक नीतिको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ अर्थमन्त्री महतले भने ।
बाह्य क्षेत्र सन्तुलनमा देखिएको दबाबलाई सम्बोधन गर्नका लागि गरिएको पैठारी नियमन नीतिले बाह्य क्षेत्र सन्तुलन भए पनि आयातमा उच्च संकुचन भएकाले राजस्व असुली घटेको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-