काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आगामी आर्थिक वर्ष २०८१ / ८२ ला लागि आज संसदमा पेश गरेको बजेट उत्साहित खालको नभएको प्रतिक्रिया दिएको छ ।
प्रस्तुत बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले यो बजेटले जे कुरा बोलेको छ, त्यो पूरा नहुने दाबी गरे।
उनले बजेटमा सम्बोधन गर्नुपर्ने विषय प्राथमिकीकरण नभएको तथा बजेटमा लामो समयदेखिको विकृतिलाई अन्त्य गर्ने कार्यायोजना पनि नरहेको बताए।
सरकारले आगामी आवका लागि कूल खर्च १८ अर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ। कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड तथा वित्तीयतर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रहेको अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटमा उल्लेख छ।
प्रतिक्रिया लेख्नुहोस्:-