Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पूर्वअर्थमन्त्रीको मिश्रित प्रतिक्रिया

जेष्ठ १५, २०७५ ३:२८ मा प्रकाशित
पूर्वअर्थमन्त्रीको मिश्रित प्रतिक्रिया
Share on FacebookShare on Twitter

काठमाडौँ, १५ जेठ / पूर्वअर्थमन्त्रीले सरकारको बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

संघीय संसद्मा आज अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आव २०७५÷७६ को राजस्व र व्ययको वार्षिक अनुमानबारे सञ्चारर्कीसँग प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री डा बाबुराम भट्टराईले विकासको आधार तल्लो तह प्रदेश र स्थानीयलाई बनाउनुपर्नेमा एक चौथाई मात्रै रकम विनियोजन गर्नु त्रुटिपूर्ण भएको बताउनुभयो ।

उहाँले पूर्वाधार निर्माण, शिक्षा, कृषि क्षेत्रमा आशाजनक संस्थागत परिवर्तन गर्ने खालका कार्यक्रम नआई पुरानोको निरन्तरता देखिएको उल्लेख गर्दै भन्नुभयो, “सरकारले ठूलो अवसर गुमाएको छ । रोजगारी सिर्जना आवश्यक कार्यक्रम देखिएन । बाहिरी लगानी भित्र्याउने र भित्री लगानी प्रवद्र्धन गर्नुपर्नेमा त्यो पनि देखिएन ।”

पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले साना, निमुखा र तल्लो तहका मानिसको लाभका लागि बजेटले विभिन्न कार्यक्रम ल्याएपनि आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गर्न ठूला आयोजनामा केन्द्रित गरेर जुनरुपमा आउनुपर्ने थियो, त्यसरी नआएको बताउनुभयो ।

नेता पाण्डेले भन्नुभयो, “बजेट बृहत् हिसाबले छरिएको छ । आठ प्रतिशतको लक्ष्यलाई केन्द्रित गरेर कार्यक्रम आएका छैनन्, धेरै जिम्मा निजी क्षेत्रलाई दिएको पाइयो ।”

पूर्वअर्थमन्त्री शंकर कोइरालाले बजेटमा समृद्धिका योजनालाई प्राथमिता दिइनु सकारात्मक रहेको तर आय कर सोजेजति संकलन नभएमा आठ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य पूरा हुन कठीन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्देश्यमा स्पष्टता छ, आर्थिक वृद्धिको दरको लक्ष्य महत्वाकांक्षी छैन, नयाँ योजना नल्याएकाले व्यवहारिक देखिन्छ ।” राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले बजेट कनिका छरेजस्तो भएको भन्दै मौलिकता नभएको, प्रदेशलाई कर संकलनको अधिकार नदिइएको टिप्पणी गर्नुभयो । रासस

सम्बन्धित समाचार

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result