न्युयोर्क । अमेरिकामा रहेका नेपालीले नेपालमा कोरोना संक्रमणका कारण अप्ठेरोमा परेकाहरुका लागि आर्थिक सहयोग गरेका छन् । अमेरिकाको विभिन्न राज्यमा रहेका नेपालीले आफ्नो गृहजिल्ला झापामा आर्थिक सहयोग गरेका हुन् ।
अमेरिकामा रहेका मुकुन्द ओझा, कविता गुरुङ,पुरु तिमिल्सिना, विमला पेम्बु, सोम भट्टराई,असोक चेम्लिङ,स्कार्लेट लिम्बु र इरभान कार्कीले एक लाख आठ हजार पाँच सय छपन्न रुपैया नेपाल पठाएको जनाएका छन् । सो रकम झापाका केदारसिंह कार्कीलाई पठाइएको र कार्कीले नै वास्तविक प्रभावित र विपन्न व्यक्ति पहिचान गरि सहयोग गर्ने छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-