काठमाडौं । कोशी प्रदेश सरकारले नामकरणमा असन्तुष्ट ब्यक्त गर्दै आन्दोलनरत पहिचान पक्षधरहरूलाई वार्तामा आउन औपचारिक आह्वान गरेको छ।
प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन्।
‘शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजवुत बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा नामकरणको बारेमा रहेका आफ्ना विमतिहरुलाई शान्तिपूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी बार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ।’
प्रतिक्रिया लेख्नुहोस्:-