काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिदेखि हुने भारत भ्रमणका क्रममा नेपाल राष्ट्रको हितमा केही नयाँ होस् भन्ने आफूले चाहेको बताएका छन् ।
उनले मंगलबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
ुभोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु,ु उनले भने । प्रधानमन्त्री दाहाल ४ दिने औपचारिक भ्रमणका लागि बुधबार भारत जाँदैछन् । उनले विद्युत्, सीमा, पारवहनलगायत विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको पनि बताए ।
प्रधानमन्त्री दाहालले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको प्रस्ट पारे । उनले भने, ‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-