काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् । मन्त्री श्रेष्ठले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको ज्ञापन पत्र ग्रहण गर्दै यस्तो बताएका हुन् ।
उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको जिकिर गरे । उनले राष्ट्रियहित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-