काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि आज दिउँसो भारत गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव क्वात्रासँग भेटवार्ता भएको छ ।
बुधबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्। प्रधानमन्त्री प्रचण्ड दिल्लीस्थित होट मौर्यमा बसेका छन्।
उक्त होटलमै आएर उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवले भेटेका छन्। बुधबार साँझ सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-