काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा रहेका सबै गुटहरूलाई भत्काउन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरूको साथ छोड्न आग्रह गरे ।
“नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिका कुराबाट आजित छन् । यी तीन कुराहरूलाई हटाउँछ भन्ने विश्वास पार्टीले दिलाउन सक्नुपर्छ,” उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-