काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षाको समयमा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठले बिहीबार चितवनको कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्।
गृहमन्त्री श्रेष्ठले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरू आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए। सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापन लागि तयारी अवस्थामा रहन उनले आग्रह गरे। विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको उनले बताए। संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने उनले विश्वास व्यक्त गरे।
प्रतिक्रिया लेख्नुहोस्:-