काठमाडौं। भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई भेटेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा मुर्मूसँग भेटवार्ता गरेका हुन् । भेटमा द्वीदेशीय हितका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले यसअघि समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धंखरलाई भेटिसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-