काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अनुशासनहीनताकै कारणले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर बताएका छन् ।
बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलहरुका कारणले नभई आफ्नै कारणले जनमत गुमाउनुपरेको बताएका थिए ।
आगामी निर्वाचनमा यसलाई सुधार गरेर जानुपर्ने उनको भनाइ थियो । ओलीले प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनसमेत निर्देशन दिए ।
संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता बसेको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित २२ जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-