काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनको विषयमा अब समीक्षा गर्ने समय आएको बताएका छन् ।उनले बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले गठबन्धनप्रति इमानदारिता नदेखाए एमालेकै हालत बनाउने भन्नुभएको छ नि भन्ने प्रश्नमा उनले नेताको भाषणलाई लिएर नबोल्ने बताए । ‘उहाँले कहाँ के प्रसङ्गमा बोल्नुभयो मलाई थाहा छैन, भाषणकै भरमा प्रतिक्रिया दिइहाल्नु उचित ठान्दिन,’ उनले भने ।
गठबन्धनका कारण काँग्रेसले धेरै स्थानीय तहमा जितेको हो भन्ने प्रश्नमा उनले जनताले जिताएको प्रतिक्रिया दिए । ‘केही स्थानमा गठबन्धनका कारण पनि हामीलाई सहज भयो होला तर काँग्रेसलाई भने जनताले जिताएका हुन्’, उनले भने, ‘गठबन्धनका कारण हामीलाई घाटा भयो भन्ने चाहिँ छैन ।’ उनले प्रदेश र संघको चुनाव आउन समय लाग्ने भएकाले गठबन्धन के गर्ने भन्ने विषमा अहिले नै बोल्नु उचित नभएको समेत बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-