काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा एक्लैले गरेको गल्ती अब सहेर नबस्ने उद्घोष गरेका छन् ।
प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री थापाले गणेशमान र बीपी कोइरालाले बनाएको पार्टीलाई बदलेर छाड्ने बताए ।
पार्टीक सभापतिले महत्त्वपूर्ण निर्णय गर्दा पनि महामन्त्रीहरुसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौंसम्म नबोलाएकोमा असन्तुष्टि जनाउँदै उनले नेतृत्वले गरेको गल्तीको भारी अब आफूहरूले बोक्न नसक्ने बताए ।
कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको भन्दै उनले भने, ‘कांग्रेस बदल्ने गुटलाई बलियो बनाउँदै जाऔं, नबदल्ने गुटलाई कमजोर बनाउँदै जाऔं । कुनै विषयको निर्णय गर्दा आम जनताले के भन्छन् भन्ने सोच्नुपर्नेमा पार्टीले गर्ने अहिलेको निर्णय प्रधानमन्त्री हुन्छु कि हुन्न भन्नेमा केन्द्रित छ । हामी सानासाना कुरामा लोभिएका छौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-