काठमाडौं । भारत भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।
सोही क्रममा उनले नेपालबाट लगेको १०८ केजी रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरेका छन् ।
पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा प्रकाशशरण महत पनि सहभागी भएका छन् । भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।
प्रतिक्रिया लेख्नुहोस्:-