काठमाडौं । स्थानीय तहहरुले आफूखुसी दक्षिण कोरियामा कामदार पठाउन थालेपछि सरकारले त्यसमा रोक लगाएको छ ।
स्थानीय तहले भगिनी सम्बन्धको आधारमा वैदेशिक रोजगारीका लागि स पठाउने अधिकार नरहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको हो ।
मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको पत्रमा वैदेशिक रोजगारसम्बन्धी काम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार पर्ने उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-