टेक्सास । नेपलिज बुद्धिस्ट एसोसियसन टेक्सास र कमला शाक्य फ़ाउण्डेशनको आयोजनामा संचालित वेल बिईंग तथा माइन्डफुलनेश मेडिटेसनको चार हप्ते क्लास सकिएको छ।
चार हप्ताको कार्यक्रमको संचालन नेपाल स्थित माइन्डफुलनेश कोच श्री मौशम रत्न शाक्यले गर्नु भएको थियो । कोविड १९ को कारणले गर्दा जूम सफ्टवेर मार्फत भर्चुयल गरिएको सो कार्यक्रममा हरेक हप्ता ३५ जनाले भाग लिनु भएको एसोसियसनका अध्यक्ष स्वयम्भू शाक्यले जानकारी दिनु भएको छ । शाक्य भन्नु हुन्छ पहिलो हप्तामा वेल बिईंगको परिचय र ध्यान बिधिको प्रायोगको बारेमा मौशमज्यूले सिकाउनु भएको थियो। दोस्रो हप्तामा हाम्रो विचारहरुलाइ कसरि अबलोकन गर्ने, विचारहरुलाइ कसरि ब्यबस्थापन गर्ने बारे प्रयोगात्मक तरिकाको सिकाउनु भएको थियो । तेस्रो हप्तामा हाम्रो मनका भावनाहरु कसरि उत्पति र बिलय हुन्छ र यसलाई कसरि सहि ढंगले हेर्ने तरिका सिकाउनु भयो । चौथो हप्तामा उहाले सिकाउनु भएको ज्ञान र प्रयोग बिधिले सहभागीहरुले कसरि फाइदा लिनु भएको छ छैन भन्ने बारे छलफल भयो । साथै यो बिधि कहिले, कसरि हाम्रो दैनिक जीबनमा प्रयोग गर्ने बारे मौशम शाक्यजीले बताउनु भयो ।
नेपाल स्थित औरा क्रियशनका प्रमुख दीपक बज्राचार्य भन्नु हुन्छ “मौशमलाइ पहिले देखि चिनेको र नजिकको मित्र भएर पनि उहाको कार्यक्रममा कहिले सहभागी हुन पाएको थिएन । यो पाली समय जुर्यो र उहाको यो वेल बिईंगको अनुभव मलाई गज़ब लाग्यो उहाले सिकाउनु भएको ध्यान बिधिले हाम्रो तनाब धेरै कम गर्न सकिन्छ” डालस स्थित एक हस्पिटलमा कार्यरत डा जया भट्टराई बरुण भन्नु हुन्छ “माइन्डफुलनेश हाम्रो स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ किनकि हाम्रो मनमा तनाब जब सम्म कम हुदैन हामी स्वस्थ अनुभब गर्न सक्दैनौ । त्यसैले यो माइन्डफुलनेश र वेल बिईंगको तरिकाले हाम्रो तबावपूर्ण जीबन कसरि शान्त र आनन्ददयी हुन सकिन्छ भन्ने सिक्ने मौका पाए ।
बिशेष गरि यो कोविड १९ को अवस्थामा धेरै जीबनहरु त्यतिकै खेर गएको देख्न पर्यो । यस्तो बेलामा हामी कसरि आफुले आफैलाई सम्हालेर अगाडी बढ्ने भन्ने र दिमागमा दिनभरीको तनाब भैरेहेको अवस्थामा यो कार्यक्रमले धेरै साथ् दिएको मैले पाए । यो कार्यक्रमले मलाई अध्यात्मको बाटो पनि खुलेको पनि अनुभब गरेको छु , मौशमजी लाइ धेरै धेरै धन्यवाद”। डालस स्थित पेशाले इन्जिनीयर बिनय मानन्धरलाइ पनि यो प्रोग्राम धेरै फाइदाजनक भएको बताउनु हुन्छ। उहाको भनाइ अनुसार धेरै किताबहरुको अध्ययन र अरु ध्यानको एप्स हरु पनि प्रयोग गरेको थिए तर मौशमजी को जस्तो प्रभाबकारी भएन । ३-४ हप्ता भयो म लगायत मेरो परिवारका सबै सदस्यहरु यो ध्यानबिधि सिक्दै प्रयोग गर्दै छु। यो बिधि शुरु गरेदेखि राम्रो निद्रा लागेको र बिहान उठ्दा धेरै फ्रेश भएको छु । मौशमजीको यो बिधिहरु एकदम नै साधारण र सजिलो भएकोले मेरो २१ बर्षको छोरा र १७ बर्षको छोरीले समेत प्राक्टिस गरिरहेका छन् ।
चौथो हप्ताको कार्यक्रममा कोच मौशम शाक्य भन्नु हुन्छ यो हाम्रो यात्राको अन्त हैन कोहि कोहि साथीहरुको लागि माइन्डफुलनेशको ढोका खुलेको पनि हुन सक्छ। सस्थाका महा सचिब डा निरज बज्राचार्य भन्नु हुन्छ “यो हाम्रो सानो प्रयास हो हामीले हाम्रो कम्युनीतिमा अरु पनि ध्यान साधनको प्रयोग गर्दै आइ रहेका छौ र पछि पनि हाम्रो प्रयास जारि रहने छ। भबिष्यमा मौशमजी संग मिलेर फेरी अरु अरु पनि कार्यक्रम ल्याउने छौ। कसैलाइ हाम्रो कुनै प्रकारको सहयोग चाहिएमा हाम्रो नेपलिज बुद्धिस्ट एसोसियसन टेक्सास वा कमला शाक्य फ़ाउण्डेशनको फेसबुक पेजमा मेसेज गर्न हुन हार्दिक अनुरोध गर्दछौ ।”
प्रतिक्रिया लेख्नुहोस्:-