काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट राम्रो भए पनि कर नीति ठिक नभएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ढकालले सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको पोस्ट बजेट छलफलमा बजेटमा लामा, राम्रा र लोकप्रिय बुँदा राख्ने तर आर्थिक ऐन र विधेयकमा भने फरक आँकडा प्रस्तुत गर्ने गरिएको बताए ।
“बजेट भाषण सुन्ने बेलामा राम्रा राम्रा बुँदाहरू हुन्छन् । सोही अुनसार उद्योगी व्यवसायीले प्रतिक्रिया पनि राम्रै दिन्छन्,” उनले भने, “तर, आर्थिक विधेयक र ऐनमा फरक आँकडाका कारण उद्योगी व्यवसायीको बजेटमाथिको प्रतिक्रिया पनि फरक पर्छ ।”
उनले बैंकको एफपीओमा कर लगाउने नीति ठिक नभएको पनि बताए । कार्यक्रममा महासंघ अध्यक्ष ढकालले यसपल्ट निजी क्षेत्रका सुझावहरू बजेटमा केही समेटिएको पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-