अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कमा तरकारी, फलफुल तथा माक्स नवौं पटक निशुल्क वितरण गरेको छ । समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले अन्तर्गत सनिसाईड साईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि-फाए बिइन सँग सहकार्यमा फाउण्डेशनले नवौ चरणमा खाध्यन्न वितरण गरेको जनाएको छ ।
फाउण्डेशनका अनुसार बिइनले पाँच सय पाउण्ड हरियो सागसब्जी तथा अन्य तरकारी प्रायोजन गरेकी थिइन । सो तरकारी ८५ जनालाई वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए । सन्निसाईड,४८ स्ट्रिटमा रहेको सहदेव खड्काको ग्रिनतारा ग्रोसरि स्टोर अगाडि सर्वसाधरणलाई तरकारी वितरण गरिएको थियो ।
तरकारी वितरण कार्यक्रममा फाउन्डेसन उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं लोक गायक बिमल डाँगी, प्रभात सापकोटा, कुन्जन पौंडेल, विनोद थापा, एन.आर.एन.ए.आईसीसी सदस्य प्रमोद सिटौला,नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदम गुरुङ, गायिका सपनाश्री लगायत स्वयमसेवकको रुपमा खटिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-