काठमाडौं । नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने हो ।
नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो । आजमात्र दुई दिन बिदा दिने निर्णय विरुद्ध अदालतमा रिटसमेत परेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-