काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट सच्याउनुपर्ने बताएका छन्।
अध्यक्ष ओलीले आजको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले अहंकारलाई झारिदिने चेतावनी दिए।
‘अब यहाँ सत्ता अहंकार हुन्छ। बजेट सच्याउन मिल्दैन। बजेट सच्याए वापत सरकार असफल भयो भन्दैनौँ हामी। सच्याउनुस्। सरकार असफल भयो, सरकारले बजेट फेर्यो भन्दैनौं हामी’, उनले भने, ‘सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ। तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिँदैन। हामी जो बाहुबली छौँ, टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईंको सत्ता अहंकारको भूत परिणामले झारिदिनेछ।’
प्रतिक्रिया लेख्नुहोस्:-