काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैस नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम भएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । मन्त्री महतले मंगलबार संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा यस्तो जवाफ दिएका हुन् ।
‘बजेटमा पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेश लगायत विषयमा शंका गर्नुपर्दैन’ महतले भने ‘बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ ।’ सञ्चारमाध्यममा आएका कुराहरुलाई विश्वास नगर्न र सरकारका गतिविधिलाई विश्वास गर्न उनले आग्रह गरे । ‘इमाान्दारपूर्वक काम गर्छौं भनेर बसेका मन्छेलाई विश्वास नगर्ने, सञ्चारमाध्यमहरुले लेखेकै भरमा चलखेल भयो भन्न मिल्दैन,’ उनले भने, ‘हामी कसम खाएर काम गर्न बसेलाई असत्य मान्न भएन ।’
प्रतिक्रिया लेख्नुहोस्:-