Monday, December 11, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भ्रातृसंगठनमा एकताको प्रक्रिया शुरु

जेष्ठ २४, २०७५ ३:३८ मा प्रकाशित
भ्रातृसंगठनमा एकताको प्रक्रिया शुरु
Share on FacebookShare on Twitter

काठमाडौँ, २४ जेठ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछि अब दुबै पार्टीका भ्रातृसंगठनको पनि एकता प्रक्रिया अगाडि बढेको छ ।

दुबै पार्टीबीच भएको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । तत्कालीन एमाले समर्थित युवा संघ नेपाल र माओवादी केन्द्र समर्थित योङ कम्युनिष्ट लिग (वाइसिएल) बीच एकता प्रक्रिया अगाडि बढेको हो ।

ती दुई संगठनका लागि गठित एकता कार्यदलको आज बसेको बैठकले एकताको प्रारम्भिक शुरुवात गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

एकता कार्यदलमा युवा संघका इन्चार्ज महेन्द्र शर्मा, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष सापकोटा रहनु भएको छ । कार्यदलको बैठकले संगठनको एकताका लागि विधान मस्यौदा तथा संगठन स्वरुप प्रस्ताव तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिमा युवा संघका महासचिव नरेश शाही, वाइसिएलका महासचिव सुबोधराज श्रीपाइली, युवासंघका सचिवद्वय रमेश आचार्य र वचनबहादुर सिंह तथा वाइसिएलका सचिव ज्ञानबहादुर गुरुङ रहनुभएको छ ।

युवा संघका महासचिव शाहीले कार्यदलको बैठकले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी र वाइसिएलको केन्द्रीय सचिवालय बैठक बस्ने र यही जेठ ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष सापकोटाका अनुसार समितिले यही जेठ ३१ गतेसम्म विधानको मस्यौदा र संगठन स्वरुपको प्रस्ताव तयार पारेर सो सम्बन्धी प्रतिवेदन संयुक्त बैठकमा पेश गर्ने छ । संयुक्त बैठकले समितिले तयार पारेको विधान र संगठनको प्रस्तावलाई सुझाव दिनेछ ।

समितिले दिएको प्रतिवेदनका आधारमा असारको पहिलो हप्तासम्म कार्यदलले एकताका लागि खाका तयार पारेर पार्टीको उच्च नेतृत्व तहमा दिने अध्यक्ष सापकोटाले बताउनुभयो । दुई पार्टी एकीकरण भएपछि भ्रातृसंगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने नेकपाले जनाएको छ ।रासस

सम्बन्धित समाचार

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित
Breaking News

राष्ट्रियसभा बैठकबाट मर्यादासम्बन्धी विधेयक पारित

अब नेपालमा राजसंस्था पुनः स्थापना सम्भव छैन : कमल थापा
ट्रेन्डिंग न्यूज्

देशको लागि घाँडो बनेको प्रदेश संरचना खारेज गर्नुपर्ने अध्यक्ष थापाको धारणा

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य गरिने मन्त्री बस्नेतको प्रतिवद्धता
राजनीति

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य गरिने मन्त्री बस्नेतको प्रतिवद्धता

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे
यात्रा संस्मरण

गोप्य बाहेकका सूचना सम्बन्धित निकायबाट प्रवाह हुनुपर्ने सभामुख घिमिरेको धारणा

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर
ट्रेन्डिंग न्यूज्

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
ट्रेन्डिंग न्यूज्

नेपालमा सद्भाव र सहिष्णुतामाथि प्रहार भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result