काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा आगामी वर्षका लागि पेश गरेको बजेटमा मधेशी समुदायलाई विभेद गरिएको बताएका छन् । उनले बुधबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि छलफलमा भाग लिँदै यस्तो आरोप लगाएका हुन् ।
बजेट वक्तव्यमा पढेर सुनाएको भन्दा पनि मधेशका जिल्लामा कम बजेट दिइएको भन्दै उनले सोधे, ‘यो कुन राजनीतिक सिद्धान्त हो र ? कुन नैतिकता हो र?’
बजेट निर्माण गर्ने अर्थ मन्त्रालयका कर्मचारी मधेशी समुदायप्रति पूर्वाग्रही भएको यादवले आरोप लगाए । ‘बजेट लेखाउँदा तराईमा मधेशी बढी बस्छन्, तिनीहरुलाई विकासको अवसर दिनु हुँदैन । त्यो विकास हाम्रो स्वार्थ अनुकुल छैन भनेर लेखेको हो कि के हो र?’ यादवले प्रश्न गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-