सानफ्रानसिस्को
अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले अमेरिकामा रहेका नेपालीहरुलाई आवश्यक पर्ने सहयोग गर्न आफू क्रियाशील रहने बताएका छन ।
नेपाली दूतावास र स्थानीय संघ संस्थाको पहलमा सानफ्रानसिस्को वे एरियामा आयोजना गरिएको घुम्ति कन्सुलर सेवा शिविर सन्चालनको अवसरमा राजदूत खतिवडाले सो कुरा उल्लेख गरेका हुन । नेपालीहरुलाई सहज तरिकाबाट आवश्यकीय सहयोग उपलब्ध गराउनु नै दूतावासको मूल उदेश्य रहेको राजदूत खतिवडाको कथन थियो ।
आइतवार नै राजदूत खतिवडाले शान्ता रोजामा नेपाली ब्यवसायीहरुले संचालनमा ल्याएको एक एनिमल फार्मको उद्घाटन गरे ।
सोही दिन उनले नेपाल पर्यटन वोर्ड क्यालिफोर्निया र ग्लोवल नेपाली प्रोफेशनल नेटवर्क जीएनपीएनले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गरेका थिए ।नेपालीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा उनले अमेरिकामा नेपालीले सिकेको ज्ञान, सीपलाई नेपालको विकास र उन्नतिमा लगाउनु पर्ने आवश्यकता औल्याए ।
यसैवीच, राजदूत खतिवडाले सोमवार बर्कलीका मेयर जेसी आरेगूसंग भेटघाट गरेका छन । सोमवार साझ नै नेपालीहरुसँग अन्तरकृयामा सहभागी भएका छन । आइतवार र सोमवार संचालित घुम्ति शिविर सेवामा राहदानी नविकरण, अधिकृत वारेसनामा, गैर आवासीय नेपाली परिचय पत्र, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमति पत्र, पर्यटक भिषा लगायतका कामहरु घुम्ति कन्सुलर सेवा शिविरमा उपलब्ध भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-