काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेस एक्लै लड्ने बताएका छन् ।
सांसदसमेत रहेका थापाले धनकुटामा कांग्रेसले गरेको जिल्ला सम्मेलनमा बोल्दै विगतमा भएको कमजोरीबाट दलदलमा फसेको कांग्रेसलाई अब बाहिर निकाल्न सक्नुपर्ने बताए । ‘विगतमा जे भयो, भयो । योभन्दा अगाडि अब उपरान्त एमाले, माओवादी, रास्वपा कोही पनि दुस्मन होइनन्, हाम्रा सहयात्री हुन् । बरू गरिबी, रोग र भोक हाम्रा मुख्य समस्या हुन्,’ महामन्त्री थापाले अघि भने, ‘अबका चुनावमा अरू सबैले गठबन्धन किन नगरून्, हामी निर्वाचनमा जाँदा कोहीसँग पनि गठबन्धन गर्दैनौं, जनताको छनोटको अधिकारलाई सुनिश्चत गर्छौं, आगामी भदौमा पार्टीको नीति महाधिवेशन हुँदैछ, यो महाधिवेशनबाट हामीले यो एजेन्डालाई पास गरेर अगाडि बढ्नुपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-