न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कमा एघारौं चरणमा नि: शुल्क खाध्यन्न वितरण गरेको छ । समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले यस अधि विभिन्न प्रकारका खाध्यन्न र तरकारी वितरण गरेको फाउण्डेशनले मंगलवार पेय पदार्थ वितरण गरेको हो ।
फाउण्डेशनले डोमिनिको अमेरिका सोसाइटी अफ क्विन्सका कार्यकारी निर्देशक जोसे तेजेडासँगको सहकार्यका मंगलवार निशुल्क सफ्ट ड्रिंक्स वितरण गरेको हो । फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार जोसेले १२ सय बोतल ब्रिस्क आइस टी उपलब्ध गराएका थिए ।
फाउण्डेशनले सन्नीसाईड र ज्याक्सनहाइट डाईभरसिटि प्लाजामा सर्वसाधरणलाई पेय पदार्थ वितरण गरेको जनाएको छ । खाध्यन्न तथा पेय पदार्थ वितरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष घिमिरे सहित उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सिम्खडा, जनसम्पर्क समिति अमेरिकाकी कमला पन्त, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा तथा रेखा श्रेष्ठ, नविना श्रेष्ठ, कल्पना दाहालले स्वयमसेवीका रुपमा सहयोग गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-