काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।
अध्यक्ष नेपालले शनिबार एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनमा यस्तो बताएका हुन् । सबै मिलेर अघि बढ्ने भए तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको उनले स्पष्ट पारे । उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तयार भए तत्कालीन नेकपा ब्युँताउन सकिने बताए ।
एमाले अध्यक्ष ओलीले ७० वर्षको उमेरहद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि उनले लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-