काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। उनले शनिबार साँझ मन्दिरको दर्शन गरेका हुन् ।
उनलाई पशुपतिनाथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव लगायतले स्वागत तथा बिदाई गरेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जल चढाएका थिए। साथै, उनले महादेव र शिवको पूजा समेत गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-