काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै देशका बारेमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा रहेको बताए।
‘अहिले अवस्था राम्रो छैन, देशलाई नै ग्रहण लागेजस्तो भएको छ। दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको आर्थिक वृद्धि दर २ प्रतिशत नपुग्ने अवस्था छ। हाम्रा पालामा सरदर ६ दशमलव ५ प्रतिशत पुगिसकेको उत्पादन वृद्धि दर २ प्रतिशतभन्दा तल आइसक्यो। ओलीले भने, ‘युक्रेनको वार भनेर हल्ला चलाउने गरिएको छ। युक्रेनको वारले हामीकहाँ धुलो उडायो कि धुवाँ उडायोरु युक्रेनको वारले हो प्रचण्डजीले अस्ति यहाँका नदीनाला सित्तैमा दिएर आएको रु आफ्नो भूमिका बारेमा चुइँक्क बोल्न नसकेकोरु’
प्रतिक्रिया लेख्नुहोस्:-