काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको गुनासोसमेत गरे।
पार्लियामेन्ट सिस्टममा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुने गरी अघि बढ्नुपर्ने उनले बताए। महामन्त्री थापाले करको दर फेरहेर गर्नका लागि राजस्व बोर्ड नै गठन गर्न उपयुक्त हुने धारणासमेत राखे।
प्रतिक्रिया लेख्नुहोस्:-