काठमाडौँ । आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा प्रतिनिधिसभाका सांसदहरुले बोल्ने क्रम आजबाट सकिएको छ । आइतबार बजेटमाथि सांसदहरुले बोल्ने क्रम सकिएसँगै सोमबारको बैठकमा अर्थमन्त्री डा।प्रकाशशरण महतले जवाफ दिने सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक जेठ २९ गते सोमबार दिउँसो १ बजेलाई तोकिएको छ ।
अर्थमन्त्री महतले गत जेठ १५ गते २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-