जाङबु शेर्पा, दूरवीन नेपाल, टेक्सस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पले आप्रवासीहरुको असाइलम अर्थात शरण आवेदनलाई थप कडाई गर्न नयाँ नियम जारी गर्ने बताइएको छ । एक सय सय ५१ पृृृृृष्ठ लामो नयाँ नियमममा अमेरिकामा शरण आवेदन दिनेलाई थप चुनौती हुनसक्ने आंकलन गरिएको छ । हाल मस्यौदाको रुपमा प्रस्तावित सो नियम तत्काल लागु भने हुने छैन । केही समयमै कानुनको रुप लिंने असाइलम सम्बन्धी सो नियमले अमेरिकामा शरण आवेदनलाई असम्भवजस्तै बनाउने अमेरिकी आप्रवासन काउन्सिलका आरोन रिचलिन मेल्निकले बताएका छन । नयाँ नियमले अध्यागमन अदालतका न्यायाधीशले कुनै एसाइलम आवेदनमा शंका लागेमा वा त्रुटि भेटेमा विना सुनुवाइ तत्कालै अस्विकार गर्न सक्छन । अमेरिकी अध्यागमन नीतिका विश्लेषक सारा प्रिन्सले भने नयाँ नियमले सवै प्रकृयाहरुलाई एकै ठाउमा समेटिएकोले व्यवस्थित र दु्रत गतीमा अघि वढ्ने वताएका छन । नयाँ नियमले अतिरिक्त मापदण्ड पुरा गरेका आवेदनलाई मात्र अदालती सुनुवाईको मौका दिनेछ । कतिपय अध्यागम अधिकारकर्मीहरुले नयाँ नियमले धेरै कोणवाट शरणको ढोका वन्द गर्न खोजेको टिप्पणी गरेका छन । हाल सो नियमको मस्यौदा पब्लिक टिप्पणीको निम्ति ६० दिनसम्म राखिनेछ । नयाँ नियमले धेरै नेपाली समेत प्रभावित हुने अनुमान गरिएको छ । हाल झण्डै ३५ सय भन्दा वढि नेपालीको शरण आवेदन पेण्डिङमा छ । कोरोना महामारीका कारण यूएससिआइएसका सवै कार्यलयहरु वन्द गरिएकाले अध्यागमन सम्वन्धि सवैकागजी प्रक्रृयाहरु रोकिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-