काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी तीन दिन भित्रमा (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्।
आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्। चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन।
नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख शाहले बताए। विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताए। बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख शाहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए। समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उनको भनाइ छ।
प्रतिक्रिया लेख्नुहोस्:-